रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

नवलपुर टुडे
२०७९ असार २ | मध्यान्ह ०२:०३ बजे

रुपन्देही, असार २ । रूपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गियाका ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको हो । थापाले आफ्नै पसलमा काम गर्ने ती बालिकालाई लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





