परासी बजारको नालामाथि ढक्कन मर्मत नहुदा, मान्छे खसेर घाईते(तस्बिर)


रामजी प्रजापति
नवलपरासी । पश्चिम नवलपरासीका स्थानीय यति बेला बर्षका कारणले अक्रान्त बनेका छन । बर्षैपिच्छे परासीको मुख्य बजार डुबानमा पर्ने गर्छ । परासीको रामग्राम बजार क्षेत्रका नला/ढल समयमै मर्नत नहुदा स्थानीयहरु कुन बेला के हुन्छ भन्ने एकिन छैन । त्यस्तो हुदा हुँदै पनि परासी क्षेत्रको नाला/ढल निकास माथी ढक्कन नहुदा त्यहाँको स्थानीयहरुले सास्ती भोग्नु परिरहेका छन । नाला/ढलको ढक्कन नहुदा कति मानिसहरु हिड्दा हिड्दै झुक्केर नालामा खसेर घाईते बनेका छन । कति बेला नालामा परेर ज्यान गुमाउनु पर्छ भने पीर स्थानीयलाई पिरोलिरहेका छन ।
यस सम्बन्धि सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउदासमेत अटेरी गरिरहेको छ । रामग्राम – ५ मा घण्टा घरदेखि जिप्रकासम्मको मुख्य सडकको छेउमा नालाको माथि ढक्कन फुटेको स्थानमा अहिलेसम्म ढक्कन राखेको छैन । उक्त नालामा दैनिक जसो मान्छे खसेर चोट पटक लाग्ने गरेको छ । बिद्यार्थी स्कुल जादा पनि नालामा खसेर चोट लाग्ने र किताब पनि भिजेर खराब हुनेगरेको छ।
त्यति मात्र होइन रामग्राममा रहेको नालाबाट सहनै नसक्ने दुर्गन्ध निस्किन्छ । बजार क्षेत्रका व्यापार ब्यबसाय गर्नेदेखि बजार गर्न आउने जाने मानिसहरु बस्न नसक्ने अबस्था रहेको छ । परासी बजार क्षेत्रमा जादा नाक छोपेर हिड्न समेत नसक्ने गरि दुर्गन्ध निस्किन्छ । दुर्गन्धले स्वास्थमा ठूलो असर परि बिमारीको संख्या बढिरहेको छ । यसको असर प्रत्यक्ष स्थानियलाई परिरहेको छ ।
बर्षादको समयमा समेत नाला मर्मत नभएकाले कयौं मानिस नालामा परेर घाइते भए । यतिमात्र नभैइ आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य बुद्धन अली उक्त नालामा खसेर सामान्य चोट लागेको छ । यस कारण स्थानीय निकायदेखि सुरक्षा निकायको समयमै ध्यान जाओस ।







