देश

    प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसद्मा जवाफ दिने

    नवलपुर टुडे
    २०७९ असार २ | बिहान ०७:०३ बजे

      काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । सांसदहरूले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा उठाएको प्रश्नमा उनीहरूले जवाफ दिन लागेका हुन् ।

      बुधबारको बैठकमा ती मन्त्रालय र निकायकोसमेत जवाफ दिइसकिने समय तोकिएकामा राति साढे ९ बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका थिए । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

        कमेन्टहरु