बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट

नवलपुर टुडे
२०७९ असार १ | मध्यान्ह ०६:०३ बजे

काठमाडौं । बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले नयाँ बजेट प्रस्तुत गरेका हुन् ।





