समाज

    श्रीमान गुमाएका पीडितलाई लहान मेयरद्वारा क्रिया खर्च हस्तान्तरण

    नवलपुर टुडे
    २०७९ असार १ | मध्यान्ह ०३:०३ बजे

      महेश सिंह
      सिरहा । लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरीले लहान – २४ पकिटोलमा बिपन परिवारको एक जना पुरुषको मृत्यु भएको छ् । आफ्नै घरमा घुम फिर गर्दै गर्दा ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृत्यु भएको थियोे।

      मृतकलाई एक श्रीमती र दुई छोरा र एक छोरी रहेका छन्। जेठ ३० गते सोमबार साझ ५ बजे अचानक ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृत्यु भएको थियोे। मृतक सदाको दागबती छोरा गोगिन्द्र सदायले गरेका थिए ।

      तत्काल क्रिया खर्च बापत मेयर चौधरीले श्रीमान गुमाएका भलु सदायलाई ५ हजार सहयोग गरेका छन्।मेयर चौधरी लहानका मेयर स्थानिय निर्वाचनमा निर्वाचित पश्चात् पनि समाजमा निरन्तरता सेवा दिएका छन्।

        कमेन्टहरु