ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दुई जना बिरामी

नवलपुर टुडे
२०७९ असार १ | मध्यान्ह १२:०३ बजे

ओखलढुंगा, असार १ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् ।
मृत्यु हुनेमा सोही ठाउँका ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् । जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा मनमाया बिष्ट, ढक कुमारीलगायत एकै परिवारका ४ जना बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएको थियो ।
उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया बिष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।





