देश

    नक्खु कारागारबाट ग्याल्जेन दोर्जेको “आत्मा हत्या” कबिता

    जगत ठाडा मगर
    २०७७ माघ १७ | मध्यान्ह ०८:१० बजे

      नचाहदा नचाहदै जीवनमा
      सार्थकताले भन्दा निरर्थकताले वास गर्यो ।
      जीवन पुर्णता तर्फ नभई सुन्यता तर्फ दौडिदै गयो ।

      बाच्नुको अर्थहरु अर्थहिन हुँदै गयो ।
      जब म भित्रको म नै म भित्रै मरियो ।
      तब मैले आत्मा हत्या संग मन मनै प्रश्न गरे र रुदै चिच्याउदै सोधे ।

      हे…….आत्मा हत्या के तिमी सहि छौ ?
      के मेरो अन्तिम विकल्प र मार्ग तिमि नै हौ ?
      उसले आत्तिदै भन्न थाले हे……मुर्ख मानव शान्त हौ शान्त ।

      म जहाँ पनि जहिले पनि गलत नै छु ।
      म त पापीहरु मध्येको महा पापी हु ।
      म न समस्या पछिको समाधान हु न समस्या अघिको रोकथाम ।

      म त केवल कारण हु । जुन मानवीय व्यबहार र आचरणमा भर पर्छ । कसैको मानव अस्तित्व नै हत्याउनु र मानव अस्तित्व बिहिन बाच्नु । कसैको न्याय अधिकार खोस्नु र न्याय अधिकार बिहिन बाच्नु ।

      कसैलाई शोषन गर्नु र शोषित भइ बाँच्नु पनि त आत्मा हत्या नै हो । फरक यति हो कसैले आत्मा हत्या गर्छन् त कसैले पर आत्मा हत्या ।

      यदि तिमी यो समाजलाई म बाट मुक्त गर्न चाहान्छौ भने तिमिले बाच्नै पर्छ ।
      जिँउदो जाग्दो मान्छे बनी उठ्नै पर्छ ।
      दु:ख पिडा र चुनौतीलाई शक्तिमा बदल्नु पर्छ ।

      आफू भित्रको डर र कायर आशुलाई आफै भित्र दबाउनु पर्छ । आफ्नै मुटु निचोरेर भएपनि सबैलाई रगतको मूल्य बुझाउनु पर्छ ।
      आफ्नै धड्कन रोकेर भएपनि युगान्तकारी गुन्ज्याउनु पर्छ ।

      त्यसैले तिमी आफ्नो अभिच्छिन्न यात्रा र लक्ष्यमा अबिचलित अघि बढ्दै जाउ ।
      सबैलाई यहि सत्य कुरा बताउ ।
      ती मर्नेको निम्ति शून्य शून्य एउटा चिहान छ ।

      मृत्यु संग जित्नेहरुको निम्ति जित्नै जितको संसार छ । एक पलमा एक दिन, एक दिनमा जिबन, एक जिवनमा युग बदल्ने एक चोटी आउँछ ।

      त्यही चुनौती र उपलब्धी बिचको अवसरलाई
      पछ्याउँदै युग र समयले मागेको……युग पुरुष बन्न, युग नारी बन्न तिमिलाई मेरो आशिर्वाद ।

      लेखक????: Gyalzen Dorje Tamang
      हाल: नख्खु कारागार, काठमाडौ

        कमेन्टहरु