देश

    सातै प्रदेशको बजेट आज सार्वजनिक गरिँदै

    नवलपुर टुडे
    २०७९ असार १ | बिहान ११:०३ बजे

      काठमाडौं, असार १ । देशका सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो अन्तिम बजेट हो ।

      अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन् ।

      आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन् ।

        कमेन्टहरु