देश

    आजदेखि छुटेकाहरूको मतदाता नामावली संकलन

    नवलपुर टुडे
    २०७९ असार १ | बिहान ०६:०३ बजे

      काठमाडौं । असार १ गते (आज) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने भएको हो।

      जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ।

      काठमाडौं बाहिरका नागरिकले पनि काठमाडौंबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

      photo 2022 06 15 06 39 53

        कमेन्टहरु