देश

    थीर काेईराला संग दाेश्राे विवाहमा बाँधिदै अन्जु पन्त

    नवलपुर टुडे
    २०७७ माघ १७ | मध्यान्ह ०५:१० बजे

      काठमाडौं ।
      नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइराला सँग विवाह गर्न लागेका हुन्।

      photo 2021 01 30 17 43 08

      सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् । तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ । अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्।

      विवाहका लागि अञ्जु र थीर को अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ।

        कमेन्टहरु