निरन्तर बर्षाले लहान जलमग्न, निकास खोल्न मेयर चौधरी र उपमेयर महतो पुगे जलमग्न स्थल

नवलपुर टुडे
२०७९ जेष्ठ ३१ | मध्यान्ह ०३:०२ बजे

महेश सिंह
सिरहा । बिगत केहि दिन देखि निरन्तर भएको बर्षाले लहान नगरपालिका वडा नम्बर १ डुबानमा परेका छन्।गरिब, दलित लगायतका अन्य समुदायको घर आगनमा बर्षाको पानीले जलमग्न भएको छ्।
बिगत लामो समय देखि बर्षाको कारणले पिडा खेप्दै आएका उक्त समुदायले लहानका मेयर महेश चौधरी र उप मेयर राम चलितर महतोले पानी जलमग्न भएको खबर पाए लगत्तै समस्या सामाधानको लागी घटना स्थल पुगेका थिए। सिराहाको लहानमा बर्षादमा स्थानियहरु सधै बिचल्लीमा परेका हुन्छन ।
पानीले जलमग्न भएको बस्तीलाई निकासको लागी मेयर चौधरी एका बिहानै उक्त स्थानमा पुगेका थिए । जलमग्न बस्तीमा पानी निकासको लागी बुधबारबाट काम सुरु हुने समेत उनले बताए।







