देश

    दिदीको घरमा आएका भाइको परिवारै मिलेर गरे हत्या

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३१ | मध्यान्ह ०२:०२ बजे

      काठमाडौं, जेठ ३१ । पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया वसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् । गत शनिबार बिहान जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये प्रहरीले हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार पक्राउ गरेको हो ।

      यही जेठ २४ गते आफ्नै दिदीको घरमा आएर बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुमाथी ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु