जिसस मोरङमा नेकपा एमालेको प्यानल नै विजयी

नवलपुर टुडे
२०७९ जेष्ठ ३१ | मध्यान्ह ०२:०२ बजे

विराटनगर, जेठ ३१ । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राईले २१ मत ल्याएर विजयी भएका हुन् ।
उन्ले प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवाललाई ८ मतले पराजित गर्दै विजयी भएको हो । अग्रवालले जम्मा १३ मत पाएका थिए । यस्तै उपप्रमुखमा एमालेकै उम्मेदवार उषा झा २१ मतका साथ विजयी भएकी छिन् । उनका प्रतिद्वन्दी कांग्रेसका निलम कुमारी सरदारले १३ मत ल्याएका थिए ।
एमालेको जम्मा २१ मत रहेको छ । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले २१÷२१ मत ल्याएका थिए ।





