मुख्य समाचार

    एकैदिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३१ | बिहान ११:०२ बजे

      काठमाडौं, जेठ ३१ । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा १८ सय रुपैयाँले घटेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप १८ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा झरेको जनाएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १८ सय रुपैयाँले नै घट्दै ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

      यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

        कमेन्टहरु