देश

    बौद्धको एक गेस्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३१ | बिहान ०७:०२ बजे

      काठमाडौं, जेठ ३१ । काठमाडौको बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति ति युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

      जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा होटल सञ्चालक र अन्य तीन गरी चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा रहेका छन् ।

      यस्तै लुङ्ता गेस्ट हाउसका सञ्चालक सिन्धुपाल्चोक भोटेकोसी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि पक्राउ गरेको छ । प्रहरीले आरोपीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

        कमेन्टहरु