देश

    जिसस बाराको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३० | मध्यान्ह ०४:०२ बजे

      बारा, जेठ ३० । जिल्ला समन्वय समिति बाराको प्रखुखमा नेकपा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित भएका छन् । साह निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै जिसस बाराको प्रमुखमा निर्वाचित भएका हुन् ।

      एमालेका उम्‍मेदवार साहले २० मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी कांग्रेसका धानुकले ९ मत मात्र पाए । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका थिए ।

      यस्तै सदस्य पदमा जसपाको तर्फबाट क्रमशः प्रदिप केसरी, श्यामबाबु यादव, चन्देस्वर प्रसाद यादव, लोसपाबाट प्रभा देवी साह, उमादेवी चमार र एमालेबाट सुमित्रा देवी र नेशा खातुन निर्वाचित भएको जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

        कमेन्टहरु