देश

    दार्चुला जिससमा गठबन्धनका उम्मेदवार विजयी

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३० | मध्यान्ह ०२:०२ बजे

      दार्चुला, जेठ ३० । जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।

      काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुस्करसिंह धामी, खडकसिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्यमा सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन् ।

      यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन् ।

        कमेन्टहरु