प्रतापपुरमा बस दुर्घटना, चालकसहित ७ जना घाईते

नवलपुर टुडे
२०७९ जेष्ठ ३० | मध्यान्ह ०२:०२ बजे

नन्दु यादव
नवलपरासी, जेठ ३० । पश्चिम नवलपरासीकाे प्रतापपपुर गाउँपालिका – ९ बेलाटारीकाे पश्चिम गण्डक नहरस्थित सडकमा बस दुर्घटना भएकाे छ । त्रिबेणीबाट बर्दघाटतर्फ अाउदै गरेकाे लु १ख ३०८५ नम्बरकाे मिनिबस सडकबाट ३० फिट तल खसेकाे हो ।
उक्त दुर्घटनामा परी चालक बर्दघाट नगरपालिका बस्ने ५२ बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत घाईते भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए । बसमा ३१ जना यात्रु सवार रहेका थिए ।
घाईतेहरुकाे अहिले सहिद स्मृति सामुदायिक अस्पताल चाैपतामा उपचार भईरहेकाे प्रहरीले बताईएकाे छ ।





