देश

    मकवानपुरमा बसको ठक्करबाट अटो चालकको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३० | मध्यान्ह ०१:०२ बजे

      मकवानपुर, जेठ ३० । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । अटोमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

      गएराती २ बजे हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ख ०२४२ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ना २ अ ६४ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनार गम्भीर घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

      यस्तै घाइते भएका अटोमै सवार हेटौडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । अटोलाइ ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

        कमेन्टहरु