देश

    सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३० | बिहान ०९:०२ बजे

      काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा रहेको समितिको बैठक अहिले बिहान गृहमन्त्रालयमा बस्न लागेको हो ।

      कार्यकारी समितिमा विभिन्न मन्त्री, सचिव र सुरक्षा अंगका प्रमुखहरू छन् । मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्नेछ ।

      राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।

        कमेन्टहरु