समाचार

    नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला लहानमा सम्पन्न

    नवलपुर टुडे
    २०७९ जेष्ठ २९ | मध्यान्ह ०८:०२ बजे

      महेश सिंह
      सिराहा । सिराहाको लहानमा नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ् । समुहमा संजाल नेपालको ३८ वटा जिल्लामा संगठन रहेको केन्द्रिय पदाअधिकारी जयनारायण यादवले बताए ।

      दोस्रो राष्ट्रिय भेलामा नेपालका अधिकांनस जिल्लाका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए । संजालको केन्द्रिय अध्यक्ष शुभ नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा केन्द्रिय सल्लाहकार देवनाथ साह रहनु भएको थियो।

      बिगत लामो समय देखि कृषि क्रान्ति गर्दै आएका संगठन
      नेपाल कृषक समुह संजाल हुन् ।किसानका समस्यालाई लिएर आवाज देखि विभिन्न किसिमका समस्या झेल्दै संजालले किसानलाई समयमा मल खाद बीउ, उचित मुल्यमा प्रबन्ध हुनु पर्ने मुद्दामा जोड दिदै निर्धारण र किसानहरुले उत्पादन गरिएका उब्जनीको सहि मुल्य निर्धारण र सहि बजारीकरण लगायतका मुद्दामा अवाज उठाउदै आएका छन् । कार्यक्रममा दर्जनौं वक्ताहरुले किसानका हकहितका विषयमा जोड दिएका थिए।

        कमेन्टहरु