चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या

नवलपुर टुडे
२०७९ जेष्ठ २९ | मध्यान्ह ०५:०२ बजे

सुनसरी, जेठ २९ । सुनसरीमा भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ ।
चुरोटको निहुँमा भएको झगडामा देबराजले १८ वर्षीय भाइ देव कुमार धामीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले देबराजलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





