समाचार

    रोल्पामा माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ २९ | मध्यान्ह ०२:०२ बजे

      रोल्पा, जेठ २९ । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको छ ।

      रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेबिड खड्का र दुई वर्षीय इशान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

      उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को खस्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।

        कमेन्टहरु