समाचार

    सार्वजनिक शौचालय संचालन गर्ने रेस्टुरेन्टलाई मात्र करछुट लागु हुन्छ बैँकलाई हुँदैन : मेयर बालेन

    नवलपुर टुडे
    २०७९ जेष्ठ २९ | बिहान ११:०२ बजे

      काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सार्वजनिक शौचालय संचालन गर्ने होटेल तथा रेस्टुरेन्टलाई मात्र करछुट दिने बताएका छन् । आज बसेको कार्यपालिका बैठकमा उनले बैंकलाई करछुट नहुने बताएका हुन् ।

      उनले भने, ‘हामीले कुनै पनि संस्थालाई, रेस्टुरेन्टलाई कर लगाएको होइनौं । रेस्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई कर छुट दिन सकिन्छ कि सकिदैन भन्ने छ । एउटालाई मात्र कर छुट दिँदा अर्कोलाई भेदभाव हुन सक्छ । रेस्टुरेन्टको कुरामा कर छुट कुरा आएको थियो । तर त्यो चाहिँ बैंकलाई लागू हुँदैन । बैंकको कर धेरै हुन्छ त्यो भएर ४/४ महिनामा सरसफाइ सामाग्री दिने निर्णय गरेको छ । त्यो महानगरको तर्फबाट जान्छ ।’

      महानगरले स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने जनाएको छ ।

        कमेन्टहरु