एमाले पूर्वसांसद थापाको निधन

नवलपुर टुडे
२०७९ जेष्ठ २८ | मध्यान्ह ०२:०२ बजे

पाल्पा, जेठ २८ । पाल्पाका एमाले नेता तथा पूर्वसांसद भद्रबहादुर थापाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नं १० निवासी ७० वर्षीय थापाको आज मध्यन्न १२ बजे घरमै मृत्यु भएको वडाध्यक्ष तोया सारु मगरले जानकारी दिए ।
केही वर्षदेखि मुटुको बिरामी रहेका थापा निको भई हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका थिए । थापा बहुदलपछिको पहिलो स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट गेँजा गाविस अध्यक्षमा निर्वाचित र दोस्रो पटक जिल्ला विकास समितिको उपसभापति भएका थिए ।
थापा ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं १ बाट निर्वाचित भई ०६४ सालको अन्तरिम विधायक रहेका थिए । अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार रहेका थिए ।





