देश

    नक्कली सई बनेर ठगी गरेको आरोपमा दाङबाट एकजना पक्राउ

    नवलपुर टुडे
    २०७९ जेष्ठ २८ | मध्यान्ह ०१:०२ बजे

      दाङ, जेठ २८ । दाङको घोराहीमा नक्कली प्रहरी सहायक निरीक्षक (सई) बनेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेका छन् ।

      थापाले आफु सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

      अनुसन्धान अधिकृत सन्दिप बेलबासेका अनुसार थापालाई होटलबाटै नियन्त्रणमा लिएको हो । उनले होटल सञ्चालकहरूसँग अनुचित लाभ लिएर हिँडेको आरोप छ । घटनाबारे थप अनुसन्धान जारी रहेको अधिकृत बेलबासेले जानकारी दिए ।

        कमेन्टहरु