देश

    अछाममा गाउँपालिकाको गाडी पल्टिँदा चालक घाइते

    नवलपुर टुडे
    २०७९ जेष्ठ २८ | बिहान १०:०२ बजे

      धनगढी । अछामको ढकारी गाउँपालिकाको गाडी पल्टिएको छ । गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका ४ स्थित सडकमा पल्टिएको हो । धनगढीबाट जाँदै गर्दा आज साँफेबगरमा गाडी पल्टिएको बताइएको छ।

      दुर्घटनामा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका छन् । उनको ध्रुवतारा अस्पताल साँफेबगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।

      गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने चोट नलागेको छैन । गाडीमा ढकारीकी उपाध्यक्ष नेत्रकलादेवी शाही, उनका १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका प्रवक्ता विष्टले बताए । उनीहरु सबै सकुशल छन् ।

        कमेन्टहरु