विश्व

    चीनको सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०७९ जेष्ठ २७ | मध्यान्ह १२:०२ बजे

      एजेन्सी
      चीन । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १:२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ ।

      तेह्र किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

      यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् ।

        कमेन्टहरु