मुख्य समाचार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको भने यथावत

    नवलपुर टुडे
    २०७९ जेष्ठ २७ | बिहान ०७:०२ बजे

      काठमाडौं, जेठ २७ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको हो ।

      नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य १२ रुपैयाँले बढेर १६५ पुगेको छ । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । एलपी ग्याँस अहिले प्रति सिलिन्डर १८०० रुपैयाँ बिक्री भइरहेको छ ।

      अर्थमन्त्रीले प्रतिवद्धता जनाएअनुसार इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर नघटाएपछि निगमले इन्धनको मूल्य बढाएको हो । घाटा बढेर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम बढेपछि निगमले मूल्य बढाएको हो ।

        कमेन्टहरु