समाचार

    कालिकोटमा बुधबारको बर्षाले नरहरीनाथको लालु बस्तीमा पहिरो, कर्णाली करिडोर पनि ठाउँठाउँमा अबरुद्ध

    नवलपुर टुडे
    २०७९ जेष्ठ २६ | मध्यान्ह १०:०२ बजे

      मान बहादुर बिश्वकर्मा
      कालकिोट । बुधबार देखिको अबिरल बर्षाका कारण जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ८ को लालु बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।
      बर्षाका कारण लालुको मुलखोला देखि बाजखेत जुकाने हुँदै काउलेखोला रहगाड सम्म अत्याधिक मात्रामा पहिरो गएका कारण उक्त बस्ती पहिरोको उच्च जोखिममा परेको हो ।

      मुलखोला देखि बाजखेत जुकाने हुँदै काउलेखोला र रहगाड सम्म २ किलोमिटर पहिरो गएको र २ सय ८ रोपनि खेतियोग्य जमिनमा क्षती भएको स्थानीय रोहनकुमार बिष्टले बताए । बिष्टका अनुसार उक्त क्षेत्रमा पहिरो जानुको मुख्य कारण ग्रामिण सडक मापदण्ड विपरित काम गरेकाले बर्षायाममा पहिरोको डर रहेको उनले बताए ।

      निरन्तर बुधबार देखिको बर्षाका कारण कालीकोटका अधिकांश क्षेत्रमा बाढी पहिरो गएको र खेतियोग्य जमिन समेत बगाएर लगेको स्थानीय बासिको भनाइ छ । यस्तै कर्णाली करिडोर को जिते देखि भात्तडी हुँदै बाजुरा सम्मको सडकमा ठाउँठाउँमा पहिरो गएका कारण यातायातका साधन चल्न नसकेको गाडी चालकले गुनासो गरेका छन् । बुधकार देखि आएको बर्षा बिहीवार पनि निरन्तर छ । मौसम परिर्वतनका कारण अझै केही दिन सम्म पानी पर्न सक्ने अनुमान छ ।

        कमेन्टहरु