समाज

    मदरसामा दिदै आएको अनुदान बढाउन राष्ट्रिय मदरसा संघको अपिल

    नवलपुर टुडे
    २०७९ जेष्ठ २६ | मध्यान्ह ०८:०२ बजे

      कपिलवस्तु, जेष्ठ २६ । राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनि अलकूफीले रजिस्टर्ड भएका मदरसालाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् l

      महगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतहरूको तलब १५ प्रतिशतले बृद्धि गरेको बताउदै मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अलकूफीले सरकारले यस बिषयमा गम्भीरता पूर्वक सोच्नु पर्ने बताए l

      मदरसको व्यवस्थापन गर्न सरकारले आधारभूत तह (१-५) मा दुई लाख एक्चालीस हजार, आधारभूत तह आठ कक्षासम्म संचालन रहेकोमा पांच लाख तथा आठ कक्षा देखि माथि संचालन रहेका तथा रजिस्टर्ड भएका मदरसालाई दश लाख बार्षिक दिदै आएको अनुदान रकम बढाउनु पर्ने आवस्यकता रहेको राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपालीले बताए l

      राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी, निजाम खान लगायतलेसमेत मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने बताएका छन् l

        कमेन्टहरु