लुम्बिनी प्रदेशसभामा शुक्रवारदेखि बुधबार सार्वजनिक नीति तथा कार्यक्रममाथि छलफल हुने

नवलपुर टुडे
२०७९ जेष्ठ २६ | मध्यान्ह ०८:०२ बजे

बुटवल । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि (शुक्रबार)भोलिदेखि छलफल सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले बुधवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल हुने लागेको हो ।
आज बसेको प्रदेशसभा बैठकमा सञ्चार र प्रहरी सेवा सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्माले प्रस्तुत गरेको विधेयकमाथिको प्रस्तावलाई प्रदेशसभाबाट पारित गरी विषयगत समितिमा पठाएको छ ।





