समाचार

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

    नवलपुर टुडे
    २०७९ जेष्ठ २६ | मध्यान्ह ०२:०२ बजे

      चितवन, जेठ २६ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्यान्हदेखि सो खण्ड सुचारु भएको हो ।

      इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । बुधबार राति ११ : १५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ : ०५ बजेबाट सञ्चालनमा आएको हो ।

      यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ : ५० बजे पन्छाइएको हो ।

      रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ । रासस

        कमेन्टहरु