ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ २६ | मध्यान्ह ०१:०२ बजे

काठमाडौं, जेठ २६ । ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीले ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको हो । उनले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





