देश

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

    नवलपुर टुडे
    २०७९ जेष्ठ २६ | बिहान ०८:०२ बजे

      काठमाडौं, जेठ २६ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल गरिनेछ ।

      संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

      यस्तै सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

        कमेन्टहरु