बागमती प्रदेश, मौसम

    पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    नवलपुर टुडे
    २०७९ जेष्ठ २६ | बिहान ०८:०२ बजे

      चितवन, जेठ २६ । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

      चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेर गए रातिदेखि नै सडक अवरुद्ध भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

      अहिले पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको उनले बताए । मुग्लिन-नौबिसे सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना – ४ स्थित नाग्दिखोलामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

      सडक अवरुद्ध भएछि दर्जनौं सवारी र सयौं यात्रुहरु अलपत्र परेका छन् ।

        कमेन्टहरु