गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

नवलपुर टुडे
२०७९ जेष्ठ २५ | मध्यान्ह ०६:०२ बजे

कैलाली, जेठ २५ । अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।
आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ। रासस





