१ लाख ६७ हजार नगदसहित चार जुवाडे पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ २५ | मध्यान्ह ०१:०२ बजे

काठमाडौं, जेठ २४ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट चारजना जुवाडे पक्राउ परेका छन् ।
टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदीलगायत चार जना छन् ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।





