सूचना / प्रबिधि

    भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०७९ जेष्ठ २८ | बिहान ०६:०२ बजे

      काठमाडौं, जेठ २८ । काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ ।

      राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो । केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।

      भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको बताइएको छ ।

        कमेन्टहरु