देश

    दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, दुईजना पक्राउ

    नवलपुर टुडे
    २०७९ जेष्ठ २५ | मध्यान्ह १२:०२ बजे

      दार्चुला, जेठ २५ । दार्चुलामा आगो लगाएर एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

      घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए । घट्नाको कारण भने खुल्न नसकेको उनलेे बताए । अनुसन्धानका लागि डीएसपी विष्ट आफै घटनास्थल प्रस्थान गरेका छन् ।

      मंगलबार राति हत्या गरिएको अवस्थामा खडायतको शव फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । उनका श्रीमान ८ वर्ष पहिले नै वितिसकेका हुन् । खडायतका दुई छोरी र एक छोरा छन् ।

      घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । शङ्कास्पद एक जना भने फरार रहेको छ । अनुसन्धानका लागि प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ ।

        कमेन्टहरु