कैलालीको गोदावरी आइसक्रिम फ्याक्ट्रीमा आगलागी

नवलपुर टुडे
२०७९ जेष्ठ २५ | बिहान ०७:०२ बजे

बुटवल । कैलालीको एक आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको छ । आज(बुधबार) बिहान साढे तीन बजेको समयमा गोदावरी नगरपालिका – २ सीएमए गल्ली भित्र पदमबहादुर बोहराले सञ्चालन गरेको गोदावरी आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको हो।
विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट १ थान डी फ्रिज जलेर नष्ट भएको र अन्य क्षति भने नभएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी तीन बजेर ४० मिनेट हुँदा पूर्ण रूपमा नियन्त्रणमा लिइएको उनले बताए।





