देश

    नवलपरासीमा आफ्नै काकीलाई दिउँसै गोली चलाउने हंसराज सुनवल वन्कट्टीबाट पक्राउ

    नवलपुर टुडे
    २०७९ जेष्ठ २४ | मध्यान्ह ०५:०२ बजे

      नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा सोमबार दिउँसै गोली हान्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव रहेका छन्।

      हिजो सोमबार जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा सोमबार दिउँसो आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए । हंसरामका बाबु र काकीबीच अदालतमा अंश मुद्दा चलेको थियो। काकाको मृत्युपछि निसन्तान रहेकी काकीलाई मारेपछि सबै अंश आफ्नै नाउँमा बनाउने मनशायका साथ हंसरामले काकीमाथि गोली चलाएका थिए।

      सोमबार(हिजो)अंश मुद्दाको मिलापत्र गराउन अदालत जानेक्रममा उनले काकीमाथि २ राउण्ड गोली प्रहार गरेका थिए । तर गोली लाग्नबाट उनी बचेकी थिइन् । गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) ऋषिराम कँडेलले यस अनलाईनलाई जानकारी दिए।

      उनलाई आफन्तको घरमा लुकिरहेको अवस्थामा पेस्तोलसहित पक्राउ परेका हुन् । पक्राउ परेका हंसराममाथि हातहतियार खरखजना र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने एसपी कँडेलले बताए । उनलाई सार्बजनिक गर्दै, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी थप अनुसन्धान बढाईएको छ ।

      photo 2022 06 07 04 29 10

        कमेन्टहरु