देश

    कपिलवस्तुमा काठ तस्करी मौलाउदै, सम्बन्धित निकाय मौन

    नवलपुर टुडे
    २०७९ जेष्ठ २४ | मध्यान्ह ०४:०२ बजे

      बिजायनगर, जेठ २४ । कपिलवस्तुमा काठ तस्करी माैलाउदै गएको छ । पटकपटक बन र प्रहरीलाई जानकारी गराउदा पनि प्रतिबन्धित काठ तस्कारी रोकिएको छैन ।

      कृष्णनगर नगरपालिकाभित्रकाे मानपुर, नरायनापुर हुँदै विजयनगर गाउँपालिकाकाे दत्तापुर, लालपुर, मधनुगार, ठाकुरापुर, गेडुवाजाेत र भारतको बालारामपुर, पिपरा, परशुरामपुर हुँदै संरक्षित जंगलबाट टिक र शिसमकाे काठ भित्रिदै गरेकाे पाइएकाे छ । तस्करहरुले बेलुकी काठका गुलिया जंगलबाट ल्याई बोर्डरका गाउँ वरपरका बगैचा र परालमा लुकाई राख्ने गरेको राति ८ देखि ६ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले जनाएकाे छ ।

      काठ तस्करीबारे सुरक्षा निकाय पनि अनविज्ञ छैनन् । कृष्णनगर इप्रका, गणेशपुर इप्रका र क्षेत्र भित्रै अवैध रुपमा काठ भित्रिनु भनेकाे दुई देसबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सन्धि सम्झौता विपरित कार्य हुनु हाे । साथै जानीजानी वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रष्ट देखिन्छ । राति तस्करहरुले काठ परसुरामपुर घाट नजिकै लुकाएर राख्छन् ।

      विभिन्न संचार माध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट देखिन्छ ।

        कमेन्टहरु