देश

    सप्तरीमा सवारी दुर्घटना हुँदा १ महिलाको मृत्यु, १० जना घाईते

    नवलपुर टुडे
    २०७९ जेष्ठ २४ | मध्यान्ह ०३:०२ बजे

      सप्तरी, जेठ २४ । सप्तरीको रुपनी गाउँपालिकामा मङ्गलबार दिउँसो सवारी दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।

      रूपनीबाट राजबिराज आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्बरको यात्रुवाहक विङ्गर रूपनी गाउँपालिका–५ मुसहरनीया बसबिट्टीमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका–१ नरकटीका ६८ वर्षीया तारावती देवी यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका यादवको उपचारका क्रममा मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

      उक्त दुर्घटनामा सिरहाको कर्जन्हा नगरपालिका–८ का ३६ वर्षीय ओमनरायण पासवान, उनकी श्रीमती ३१ वर्षीया इन्द्रदेवी पासवान र छोरा ७ वर्षीय आनन्द पासवान घाइते भएका छन् ।

      यस्तै घाइते हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ की ३३ वर्षीया लिलादेवी सदा र ३४ वर्षीय धर्मेन्द्र सदा, रूपनी गाउँपालिका–२ की ३० वर्षीया निर्मलादेवी मण्डल, ३२ वर्षीय गौरी मण्डल, रूपनी गाउँपालिका–३ कटैयाका ३४ वर्षीय रामा कुमार साह, सप्तरीकै शम्भुनाथ नगरपालिका–६ कठौनाका ४५ वर्षीया बिलेवति देवी साह, शम्भुनाथ नगरपालिका–११ का ५६ वर्षीय रामनारायण चौधरी रहेका छन् ।

      घाईतेहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको र दुर्घटनाग्रस्त गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु