देश

    प्रहरी इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट मधेशी समुदायका महिला एआइजी

    नवलपुर टुडे
    २०७९ जेष्ठ २४ | बिहान ०७:०२ बजे

      काठमाडौ । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो ।

      ०४९ मा इन्स्पेक्टरमा भर्ना भएकी पूजा सिंह मधेसी समुदायकी पनि हुन् ।उनी मधेसी समुदायकी पनि हुन् ।
      यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डिआइजी भएका थिए । एआइजीमा पुग्ने पूजा पहिलो महिला बनेकी छिन् ।

      ०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघको पहिलो साता डिआइजीमा बढुवा भएकी थिइन् । डिआइजी भएको साढे चार महिनामै उनी एआइजी भएकी हुन् । विशिष्ट श्रेणीमा पुग्न आफ्नो र संगठनका लागि गर्वको विषय भएको सिंहको प्रतिक्रिया छ । ‘सरकार र संगठनले मूल्यांकन गरेको छ, यो नेपाल प्रहरी र समग्र महिलाका लागि गर्वको विषय हो,’ उनले भनिन्, ‘महिला पनि सुरक्षा निकायमा विशिष्ट श्रेणीसम्म पुग्न सफल हुन्छन् भन्ने यसले धेरैलाई सकारात्मक सन्देश पनि दिएको छ ।’

        कमेन्टहरु