फर्पिङको जंगलमा मृत भेटिएका जोडीको खुल्यो पहिचान

नवलपुर टुडे
२०७९ जेष्ठ २३ | मध्यान्ह १०:०२ बजे

काठमाडौं, जेठ २३ । काठमाडौको दक्षिणकाली नगरपालिका–५ मा पर्ने फर्पिङको जंगलमा मृत फेला परेका एक जोडीको पहिचान खुलेको छ । सोमबार दिउँसो जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी र युवकसँगै मृत भेटिएकी युवती दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनास्थलमा २ वटा विषको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।





