मुख्य समाचार

    नवलपरासीको जिल्ला अदालतमा दिउँसै चल्यो गोली(सिसिटिभी फुटेजसहित)

    नवलपुर टुडे
    २०७९ जेष्ठ २३ | मध्यान्ह ०७:०२ बजे

      रामजी प्रजापति
      परासी । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा आज दिउँसो गोली चलेको छ ।

      गोली चलाउनेमा अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको हो ।

      उनले एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले बताए । आज दिउँसो ३ गोली चलाएर उनी फरार रहेको प्रहरीले जनाएको छ ।

      घटना अदालतभन्दा ५ सय मिटर टाढा भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको शाहीले बताए । गोली कसैलाई नलागेको र मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु