देश

    फर्पिङको जंगलमा एक जोडी मृत भेटिए

    नवलपुर टुडे
    २०७९ जेष्ठ २३ | मध्यान्ह ०१:०२ बजे

      काठमाडौं, जेठ २३ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका छन् ।

      काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवक र युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो ।

      उनीहरूको पहिचान हुन नसकेको र मृत्युको कारण पनि खुलिनसकेको प्रहरीले जनाएको छ । शव फेला परेको ठाउँ नजिकै बिषको बट्टा पनि फेला परेको एसएसपी कुँवरले बताए ।

      उनका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान ब्यूरोको टोली अनुसन्धानका लागि घटनास्थलमा खटिएको छ ।

        कमेन्टहरु