देश

    ललितपुरमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

    नवलपुर टुडे
    २०७९ जेष्ठ २३ | मध्यान्ह ०१:०२ बजे

      काठमाडौं, जेठ २३ । ललितपुरमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा रहेका छन् । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।

      घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु