देश

    मोरङमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ २३ | बिहान ०८:०२ बजे

      विराटनगर । मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार साँझ एक युवकको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्मा रहेको छ । रतुवामाई नगरपालिका–१ हटिया डाँडास्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा दुर्घटना हुँदा मृत्यु भएको हो ।

      उनले चलाएको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जानेक्रममा आफैँ अनियन्त्रित भएर साँझ ५:२० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

      दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाएको छ । भारत अररिया कुसाकट्टा घर भएका कामतको रंगेली अस्पतालमै उपचार भइरहेको छ ।

      प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको साथमा आवश्यक कागजपत्र फेला परेको छैन । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु